महानायक राजेश हमाललाई प्रश्न नै प्रश्न !
हेम शंकर गिरि । केही दिन पहिला नेपालका एकजना नेपाली फिल्म सुपरस्टार अर्थात फिल्मि नायक मध्येका महानायकको रुपमा कहलिएका राजेश हमालले दिएको अभिब्यक्तिमा यो परिवर्तन अर्थात गणतन्त्रपछि देशमा कुनै समस्या छैन,जनता सुखी र समृद्ध छन,बिकासले फड्को मारेको मार्रै छ,दिनानुदिन देशभित्रै रोजगारको थप सृजनाहरु निरन्तर रुपमा भएका छन् ,नागरिकको सबै खाले मौलिकहकहरु सुरक्षित र बलिया भएका छन,न्याय, सुशासन र विधि पिल्लर झैं स्थापित भएका छन,उत्पादन बढेको बढ्यै छ,मुलुक पुर्णरुपमा आत्मनिर्भरताको बाटोमा अगाडि बढेको छ,राष्ट्रिय एकता मजबुत बनेकोछ, मुलुकको स्वाधिनता,स्वतन्त्रता र सार्बभौमिकताको जग नै यही गणतन्त्रले बलियो बनाएको हो ।
यो परिवर्तन अगाडि नेपाली नागरिक स्वाभिमानी थिएनन,कुनै मुलुकको दास थिए,कृषि उत्पादन केही थिएन,प्राय नेपाली नागरिकहरु खालि खुट्टाले कछाड,कट्टु र धोतिमा महिनौ दिन हिंडेर राजधानी आउंथे,एकछाक खान कठिन थियो,बोल्न जान्दैनथे ,मुलुकमा उत्पादन केही थिएन,कुनै भौतिक पुर्वाधारको बिकास भएकै थिएन,उद्योगधन्दा कलकारखाना नै थिएन र हाम्रो मुलुकबाट कोरिया लगायतका मुलुकमा खाद्यान्न निर्यात हुन्थो भन्ने कुरा सत्य हुँदै होईन तर राजाबादीहरुले यसको ठिक उल्टो प्रचारबाजी गरेर देश डुबेको भ्रम छरेका हुन भन्ने भाष्य निर्माण गरि अभिब्यक्ति दिदै व्याख्या गरेको देख्दा अचम्म र उदेक लाग्यो !
मलाई लाग्दथ्यो राजेश हमाल फिल्मको हिरो मात्र होइनन,एउटा समाजसेवी,शिक्षित देशप्रेमी ब्यक्तिपनि हुन । उनको परिवारिक बिरासतलाई हेर्दापनि देशभक्तकै कित्तामा पर्छन तर उक्त अभिब्यक्ति सुन्दा र हेर्दा म मात्र नभई सबै देशभक्त नागरिकहरु अचम्मित भएको अवस्था छ ! हुन त सभ्रान्त परिवारमा जन्मभई शहरमा हुर्किंई मुलुकको ईतिहास,संस्कृति,कुषि,अर्थशास्त्र र भुगोलको अध्ययन भन्दापनि अंग्रेजी बिषयमा डिग्री हासिलपछि रंगिन दुनियांमा भुल्दै फिल

