नेपाल कुवेतसँग पराजित

काठमाडौं, ६ असार । नेपालले फुटबलमा सुधारिएको खेल पस्किदा कुवेतसँग हार व्यहोरेको छ । साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाल ३-१ गोल अन्तरले पराजित भएको हो ।
भारतको बैंगलोरमा भएको प्रतिष्पर्धामा नेपालले पहिलो हाफमा २ गोल खाएको थियो । दोस्रो हाफमा पनि एक गोल खाएको नेपालले एक गोल फर्कायो ।
दोस्रो हाफमा अन्जन बिष्टले गोल गरी टोलीलाई खेलमा फर्काउने प्रयास गरे । विगतमा भन्दा कुवेतसँगको खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्न सक्यो ।
नेपालको समूहमा भारत र पाकिस्तान पछि छन् । यो समूहमा विशेष चासो देखिएको छ ।