२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बालेनविरुद्ध विद्रोह, शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा


0
Shares

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह लोकप्रीयताको लहरमा बग्न थालेका छन् । उनको यही व्यवहारबाट सहकर्मीहरु वाक्कदिक्क भएको खुलेको छ ।

मेयर साह भीडको पछि लागेको भन्दै काठमाडौं महानगरपालिकाकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छिन् ।

शैक्षिक गतिविधिहरुमा नियन्त्रणका नाममा भीडको मनोविज्ञानमा साह चलिरहेको अर्यालको आरोप छ ।

हिसानले शिक्षा मन्त्रालयबाट अनुमति लिएर मेला आयोजना गर्न लाग्दा प्रहरी लगाएर जर्बजस्ती हटाउन खोजेकोमा पनि उनले आपत्ति जनाइन् । नियम र पद्धति भन्दा पनि बल प्रयोगबाट मेयर साहको गतिविधि चलेको उनको आरोप छ ।

अर्यालले सामाजिक सञ्जालमा १० महिना अघि काठमाडौं महानगरपालिकामा शिक्षा सल्लाहकारमा जिम्मेवारी सम्हालेपनि बालेनको कडा कदम आफ्नो मूल्य र मान्यता विपरित भएको बताएकी छिन् । उनले सर्वसाधारण डर त्रासले शासित हुनुहुँदैन भन्ने मान्यतामा अडिग रहेको स्पष्ट पारेकी छिन् ।

यसैगरी, रेशु अर्यालले आफूले मेयर शाहको आदिपुरुष चलचित्र सम्बन्धी कदमबारे लेखेको पोष्ट मेटाउन आग्रह गरेको बताएकी छिन् ।

प्रतिक्रिया