३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चीनले पोखरा विमानस्थल बीआरआई परियोजना भन्दा प्रचण्ड सरकार किन मौन ?


0
Shares

काठमाडौं, ६ असार । नेपाल सरकारले देशमा चीनको बीआरआई अन्तर्गतको परियोजना सुरु नै नभएको बताएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बीआरआई अनुदान भए मात्र स्वीकारिने ऋण नलिने स्पष्ट पारेको थियो ।

त्यतिबेलाका परराष्ट्रमन्त्री डा. नारायण खड्काले देशमा बीआरआई अनुदान मात्र स्वीकार्ने बताएका थिए । तर, १ जनवरी २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटनमा प्रचण्डकै सामु चिनियाँ राजदूत छन सोङले बीआरआई परियोजना नेपालमा सुरु भइसकेको बताए ।

आज चीनको चेन्डुबाट चिनियाँ विमान पहिलोपटक पोखरा एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान भर्न आउँदा राजदूत सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ब्रिक एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गतको परियोजना भएको दाबी गरे ।

राजदूत सोङले चीन सरकारको सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण भएको समेत बताए । उनले भने, यो बीआरआई परियोजना अन्तर्गतको हो । तर, प्रचण्ड सरकारले यसबारे अझै बोलेको छैन ।

पोखरा विमानस्थल ३० करोड ५० लाख अमेरिकी डलरको लागतमा निर्माण भएको हो । जसमध्ये २१ करोड ५० लाख चीनको एक्जिम बैंक, ३ करोड एशियाली विकास बैंक र १ करोड १० लाख डलर ओपेक फन्डको ऋण रहेको छ । बाँकी नेपाल सरकारले लगानी गरेको छ । तर, चीनले विमानस्थल निर्माणमा आफ्नो मात्र सहयोग रहेको दाबी गरेको छ । चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थल निर्माण गरेको हो ।

प्रतिक्रिया