२३ भाद्र २०८१, आइतबार | September 8, 2024

३० करोड डलर ऋणमा बनाइएको पोखरा विमानस्थलमा बल्ल अन्तराष्ट्रिय उडान


0
Shares

काठमाडौं, ६ असार । उदघाटनको पाँच महिनापछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान भएको छ । बुधवार चीनको सिचुवान एयरलाइन्सले चेन्डुबाट पोखरामा पहिलो उडान गरेको हो ।

चीनबाट उडेको विमानमा १३० यात्रु पोखरा उत्रिएका छन् । जसमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसदहरु प्रदीप यादव, धवल शमशेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन चौधरीसहितको ९ सदस्यीय टोली पनि छ ।

१ जनवरी २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेपनि पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु भएको थिएन । पोखरा विमानस्थल ३० करोड ५० लाख डलरको लागतमा निर्माण भएको हो । जसमध्ये २१ करोड ५० लाख चीनको एक्जिम बैंक, ३ करोड एशियाली विकास बैंक र १ करोड १० लाख डलर ओपेक फन्डको ऋण रहेको छ । बाँकी नेपाल सरकारले लगानी गरेको छ ।

चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थल निर्माण गरेको हो । चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई बीआरआई अन्तर्गत भनेको छ । तर, नेपाल सरकारले बीआरआई अझै स्वीकार गरेको छैन ।

प्रतिक्रिया