नेपालद्वारा अमेरिका ६ विकेटले पराजित
काठमाडौं, ५ असार । आइसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । आज जिम्वावेको हरारेमा भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको २०७ विकेटको चुनौती नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा पार गर्न सक्यो ।
नेपालका लागि भीम सार्कीले नटआउट रहेर ७७ रन बनाए । दिपेन्द्रसिंह ऐरी पनि नटआउट रहेर ३९ रन बनाउन सके । कुशल मल्लले ३९ र रोहित पौडेलले १६ रन बनाए ।
विश्वकप छनोटमा नेपालको यो पहिलो जित हो । यसअघि नेपालले घरेलु टोली जिम्बावेसँग हार व्यहोरेको थियो ।