२३ भाद्र २०८१, आइतबार | September 8, 2024

जीप दुर्घटनामा मन्त्री सिंहको निधन


0
Shares

काठमाडौं, ५ असार । जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उनको उपचारका क्रममा मंगलवार नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा. ढुण्डीराज पौडेलले विज्ञप्तिमार्फत् सिंहलाई साँझ मृत घोषित गरिएको जानकारी दिए । अस्पताल पुर्याउँदा मन्त्री सिंहको शरीरमा नाथीको चाल नभएको र मुटुको धड्कनले पनि काम गर्न छाडिसकेको अवस्था रहेको अस्पतालले जनाएको छ ।

सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो । घाइते धर्मराज जोशी र दिपेन्द्र भण्डारीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

मन्त्री सिंह सवार गाडी मंगलबार अपरान्ह बझाङको केदारस्यु गाउँपालिकाको कालंगा नदी किनारमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया