३१ भाद्र २०८१, सोमबार | September 17, 2024

‘अखण्ड भारत’ को नक्साको वास्तविकता बुझ्न दिल्लीस्थित राजदूतावासलाई निर्देशन


0
Shares

काठमाडौं, ५ असार । सरकारले ‘अखण्ड भारत’ सम्बन्धी नक्शाको वास्तविकता बारे प्रतिवेदन बनाएर पठाउन भारतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले निर्देशन दिइएको मंगलवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जानकारी दिएका हुन् ।

मन्त्री साउदले भने, ‘सरकारले भारतको नवनिर्मित संसद भवनमा राखिएको अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको जानकारी गराउन चाहन्छु ।’

उनले भारतले अखण्ड भारतको नक्सा मोरलमा सम्राट अशोककको समयमा साम्राज्यको फैलावट जनाइएको भनी राजनीतिक विषय नभएको भनी भारतको विदेशमन्त्रीबाट आधिकारिक धारणा आएको समेत बताए ।

अखण्ड भारतको नक्साबारे आफूले नबोलेको कारणबारे बोल्दै संवेदनशील विषयमा परराष्ट्रमन्त्रीका रुपमा अभिव्यक्ति दिन ठिक नहुने बताए ।

अखण्ड भारतको नक्शाबारे सरकारले कूटनीतिक नोट नपठाएको भन्दै विपक्षीले विरोध गर्दै आएका छन् । तर, सरकारले संयम भएर कूटनीतिक माध्यमले यसबारे बुझिरहेको छ ।

 

प्रतिक्रिया