३ आश्विन २०८१, बिहिबार | September 19, 2024

‘नेपाल राम विना अधूरो, भारत सीता विना अधूरो’


0
Shares

काठमाडौं, ५ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल राम विना र भारत सीता विना अधूरो रहेको टिप्पणी गरेका छन् । उनले नेपाल र भारत एक आपसमा सम्बन्धित रहेको बताए ।

‘हामी राम बेगर अपूर्ण छौं, भारत सीता बेगर अपूर्ण छ,’ मन्त्री किराँतीले मंगलबार लुम्बिनीमा नवौं अन्तर्राष्ट्रिय योग दिवसमा आयोजित कार्यक्रममा भने ।

भारतीय चलचित्र आदिपुरुषमा सीताको जन्मस्थानबारेको संवादका कारण काठमाडौंमा भारतीय चलचित्र प्रतिबन्ध लगाइँदा मन्त्री किराँतीको महत्वपूर्ण भनाई आएको हो ।
दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउन एक आपसमा सम्बन्धित र सम्मानित रहेको विषय मनन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले नेपाल र भारतबीचको एतिहासिक सम्बन्ध पुनः स्थापित गरेको उनको भनाई थियो ।

उनले नेपाल र भारतबीच २३ सय वर्ष अघि देखिको विशेष सम्बन्धको चर्चा गरे । कौटिल्य शास्त्रमा नेपालको ऊन र छाला भारत निर्यात हुने गरेको उल्लेख गरे ।

योग मानव कल्याणको साझा ज्ञान रहेको तर्क गरे । यसको धार्मिक महत्व पनि रहेको किराँतीको भनाई छ ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव पनि सहभागी थिए । मन्त्री किराँती, राजदूत श्रीवास्तवलगायत कार्यक्रममा सहभागी सबैले योगको अभ्यास गरेका थिए ।

प्रतिक्रिया