३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बाढी पहिरोले ६ दिनमा ६ जनाको मृत्यु, २९ वेपत्ता


0
Shares

काठमाडौं, ४ असार । देशको पूर्वी भागमा बाढीपहिरोले ६ दिनमा ६ जनाको मृत्यु भएको छ । ३१ जेठ देखिको वर्षाले सोमवार साँझसम्म २९ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा सबैभन्दा बढी क्षति पुगेको बताए । ती जिल्लाहरुमा ६ जनाको मृत्यु भएको हो । सबैभन्दा बढी संखुवासभामा २१ जना वेपत्ता भएका छन् ।

प्रहरीले वेपत्ताको खोजी कार्य भइरहेको जानकारी दिएको छ । बाढी पहिरोले भौतिक क्षति समेत पुगेको छ ।

मनसुन सुरु भएपछि पहाडी जिल्लाहरुमा पहिरोको घटना हुन थालेको छ । वर्षेनी पहाडमा पहिरो र तराईमा बाढीको जोखिम रहने गरेको छ ।

प्रतिक्रिया