३१ भाद्र २०८१, सोमबार | September 17, 2024

निर्माता कम्पनीले माफी मागेपनि काठमाडौंमा आदिपुरुषको प्रदर्शनमा रोक


0
Shares

काठमाडौं, ४ असार । चलचित्र आदिपुरुषको निर्माता कम्पनी सुपर क्यासेट्स इड्रस्ट्रिज लिमिटेडले नेपालीको भावनामा ठेस पुर्याउने उद्देश्य नभएको भन्दै माफी मागेपनि काठमांडूका हलहरुमा फिल्म प्रदर्शन रोकिएको छ । आज काठमाडौंका कुनैपनि हलमा आदिपुरुषको प्रदर्शन भएको छैन ।

नेपाल चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुषको प्रदर्शन काठमाडौं महानगरको अभियानमा साथ दिन रोकिएको बताए । आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने संवाद हटाउन साथ दिएपनि हिन्दी फिल्म पुरै बन्द गर्नेतिर सहमति नभएको बताए ।

आदिपुरुषको निर्माता कम्पनी सुपर क्यासेट्सले काठमाडौंका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई पत्र लेखी नेपाली जनताको भावनामाथि ठेस पुगेको भए क्षमायाचना मागेको छ । आदिपुरुषमा प्रभासले बोलेको संवादमा सीतामाताको जन्मस्थानको प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ ।

काठमांडूका मेयर बालेन शाहले आदिपुरुष चलचित्रमा सीतामाता भारतीय हुन् भनी उल्लेख गरेको भन्दै संवाद नहटाएसम्म आजबाट भारतीय चलचित्र प्रदर्शन रोक लगाउने घोषणा गरेका हुन् ।

यसैगरी, आदिपुरुषको नेपाली वितरक कम्पनी ब्यांकटेस फिल्म्सले सोमवारदेखि देशभर प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले औपचारिक पत्रविना नै हलहरुले चलचित्रको प्रदर्शन रोकेकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया