१२ श्रावण २०८१, शनिबार | July 27, 2024

समाजवादी मोर्चाको शक्ति कति ?


0
Shares

काठमांडू, ४ असार । आजबाट समाजवादी मोर्चा गठन हुँदैछ । मोर्चा संसदमा बलियो तेस्रो शक्ति हुनेछ ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एस, विप्लव नेतृत्वको नेकपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा हुनेछन् । संसदमा चार दलको सांसद छन् । नेसपाका महेन्द्र राय यादव माओवादीको चुनाव चिन्ह लिएर जितेकाले संसदमा उनको गणना माओवादीकै सांसदका रुपमा छ ।

समाजवादी मोर्चा गठन भएमा सरकारमा बहुमत मन्त्री उसैको हुनेछ । अहिले नेपाली काँग्रेसको बढी मन्त्री छन् ।

मोर्चाकै सरकार जस्तो देखिनेछ । देशका मुख्य पालिकाहरुमा पनि उसको प्रभाव बढ्नेछ ।

मोर्चा गठनमा माओवादीकै बढी चासो देखिएको हो । विशेषगरी प्रचण्ड यसमा मरिमेटर लागे ।

माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सांसद छन् । सबै जोड्दा पनि नेकपा एमाले र नेपाली काँग्रेस भन्दा कम नै हुन्छन् ।

तर, ५४ सांसद एक ठाउँमा आउँदा मोर्चा बलियो शक्ति देखिनेछ । सत्ता संघर्षका दौरान यो निर्णायक शक्ति हुनसक्छ ।

२१ सिटको रास्वपा निर्णायक शक्ति देखिएको थियो विगतमा । अब मोर्चा गठन भए उसको शक्ति कमजोर हुनसक्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया