३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आदिपुरुषबारे सरकार बोल्यो


0
Shares

काठमाडौं, ३ असार । नेपाल सरकारले आदिपुरुष चलचित्रको विषयमा उठेका विवादबारे मुख खोलेको छ । सरकारले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतवार सञ्चार मन्त्रालयले विज्ञप्तिमार्फत् गम्भीर ध्यानाकर्षण जनाएको हो ।

मन्त्रालयका अनुसार नेपालको सेन्सर बोर्डबाट जानकीलाई भारतीय वेटीका रुपमा प्रस्तुत भएको संवादमा भारतकी शब्दलाई हटाउन लगाई जाँच पास प्रमाणित दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको हो ।

उक्त संवादका सम्बन्धमा विभिन्न सञ्चारमाध्यम तथा सरोकारवालाहरुबाट जनाइएको आपत्तिका विषयहरुमा समेत मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।
काठमाडौंका मेयर बालेन साहले भारततीय चलचित्र महानगरमा निषेधको घोषणा गरेपछि सरकारका तर्फबाट विज्ञप्ति जारी भएको हो । सरकारले उनको कदमबारे गम्भीर ध्यानाकर्षण भएको जानकारी समेत दिएको छ ।

प्रतिक्रिया