३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डको समाजवादी मोर्चा गठनको रणनीतिको रहस्य


0
Shares

काठमाडौं, ३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनीतिको केन्द्रमा रहँदै आएको दुई दशक पुग्न लागेको छ । उनी नेतृत्वको माओवादी कमजोर बन्दै गएपनि प्रचण्डले रणनीतिक चालले आफूलाई मजबुत बनाइरहेका छन् ।

अहिले प्रचण्डले समाजवादी मोर्चा गठन गरेर रणनीतिक रुपमा बलियो शक्ति बन्न खोजेका छन् । मोर्चामा नेकपा एस, जसपा, नेपाल समाजवादी पार्टीका अलावा विप्लव नेतृत्वको नेकपा पनि रहने भएको छ ।

रोचक त यो छ कि समाजवादी मोर्चामा अहिलेको सरकारमा रहेकामध्ये नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीमात्र रहनेछैनन् ।

काँग्रेस र नेकपा एमाले पहिलो र दोस्रो ठूलो दल छन् । प्रचण्डले मोर्चा गठन गरेर आफ्नो वजन बढाउन खोजेका छन् । आगामी चुनावसम्म बलियो शक्ति बन्ने उनको योजना देखिन्छ ।

प्रचण्डले मंसिर ४ को चुनाव अगाडि पूर्वमाओवादीबीच एकताको मुद्दा अघि सारेका थिए । पूर्वमाओवादी मात्र नभई माधव नेपाल र उपेन्द्र यादव नेतृत्वका दलहरुलाई पनि समेटेर प्रचण्ड अगाडि बढ्न खोजेको देखिन्छ । अबको पाँच वर्षपछि हुने चुनावसम्म बलियो शक्ति बनाउने उनको तयारी देखिन्छ ।

प्रतिक्रिया