१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जङ्गबहादुरको महारानी भिक्टोरियासँगको त्यो तीनपल्टको भेट


0
Shares

दीग्गज गौतमः एशियाकै पहिलो प्रधानमन्त्रीका रुपमा बेलायतको भ्रमण गरेका थिए जङ्गबहादुरले । बेलायत सरकारले निम्तो पठाएपछिमात्र वि.सं १९०६ मा यात्रामा निस्केका थिए उनी । बेलायतको भ्रमण पूरा गरी फर्कन जङ्गलाई तीन वर्ष लाग्यो । १९०६ मा नेपाल आइपुगे ।

विं.सं. २०१४ मा कलम दीक्षितद्वारा सम्पादित ‘जंगबहादुरको बेलाइत यात्रा’ मा बेलायत बसाईंमा जङ्गबहादुरले उच्च महत्व र भेटघाटको अवसर पाएको उल्लेख छ । जङ्गले शक्तिशाली नेता भएर कुटनीतिक चार्तुयता प्रदर्शन गरेका थिए । त्यसैले कहिले सूर्यास्त नहुने बेलायती साम्राज्यले जङ्गबहादुलाई भ्रमणको निम्तो दिएको थियो ।

महारानीसँग तीनपल्ट भेट
जङ्गले बेलायतकी महारानी भिक्टोरियासँग तीनपल्ट भेट गरे । भेटेको क्रममा स्वागतका लागि सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । जंगबहादुरको बेलाइत यात्रा पुस्तकमा तीनपल्टको भेटबारे वृस्तृत व्याख्या गरिएको छ ।

भेटबारे भनिएको छ,‘बादसाह भिक्टोरियासित मैले मुलाकात हुँदा बादसाहका हजुरमा रह्याका प्राइम मिनिष्टर, कम्यांडर–इन–चिफ, लाठ, डुक्, कम्पनी साहेव, चेरमीन्, प्रिन्स आलवट् यति मानिस साथ थिया । यति मानिस साथमा ली कुइन बैठकमा खडा रह्याकी थिइन् ।’ उक्त भेट निकै महत्वको थियो भन्ने पुस्तकबाट प्रष्ट हुन्छ ।

जङ्गलाई सलामी र सम्मान
बेलायत यात्रामा जङ्गबहादुरको उच्च सम्मान भयो । बेलायतको साम्राज्य रहेको भारतको पटनामा १९ तोपको सलामी पाए । कलकत्तामा पनि सम्मान लिएर समुन्द्रको यात्राबाट बेलायत पुगे । जहाँ उनको निकै ठूलो सम्मान भयो ।

पहिलो भेटमा द्विपक्षीय कुराकानी भएको उल्लेख छ । दोस्रो भेटमा जङ्गबहादुरको स्वागतमा भोज आयोजना भएको थियो । तेस्रो भेटमा मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरियो । बेलायतले उतिबेला नेपालका प्रधानमन्त्रीको खुबै सम्मान ग¥यो ।

जङ्गबहादुरपछिकाको बेवास्ता
जङ्गबहादुरपछिका कुनैपनि प्रधानमन्त्रीलाई युरोपेली देशहरुले महत्व दिएका छैनन् । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएपनि कुनैपनि नेपाली प्रधानमन्त्रीलाई बेलायतले राजकीय भ्रमणमा निम्तो गरेको छैन । जङ्गबहादुरको तहको सम्मान र भेट पनि पाएका छैनन् ।

नेपालका प्रधानमन्त्रीहरु अन्य कार्यक्रम पारेर बेलायतको यात्रामा जाने गरेका छन् । त्यहाँ उनीहरुले बेलायती समकक्षीलाई मुश्किलले भेट्ने गरेका छन् । राजतन्त्र रहँदा राजाहरुले बेलायतको भ्रमण गरेर महारानीसँग भेट्ने गरेका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया