२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त


0
Shares

काठमाडौं, १ असार । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनलाई शुक्रवार प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।

कार्कीले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयनाको शपथ लिएका छन् ।

कानून व्यवसाय गर्दै नेपाल बार एशोशिएसनको अध्यक्ष हुँदै महान्यायाधिवक्ता र सर्वोच्च अदालतको न्यायाधीश बनेका कार्की ७ वर्षपछि प्रधानन्यायाधीश बने ।

कार्की २०१५ साल साउन २० मा ओखलढुंगाको माम्खामा जन्मिएका हुन् । उनले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातकसम्म अध्ययन गरेका छन् ।

विगतमा उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकट थिए । सर्वोच्चमा ओलीकै पहलमा न्यायाधीश बनेका थिए ।

कार्कीलाई न्याय परिषदले ६० दिन अगावै दिनुपर्ने अवकाशको जानकारी दिइसकेको छ ।

प्रतिक्रिया