३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बालेनले लगाए आदीपुरुष प्रदर्शनमा रोक,संघको आकस्मिक बैठक बस्दै


0
Shares

काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाउने चेतावनी दिएपछि चलचित्र संघको आकस्मिक बैठक बस्दैछ । बालेनको अभिव्यक्तिलाई लिएर संघले आज बिहान आकस्मिक बैठक बोलाएको हो ।

बैठकले सो विषयमा छलफल गर्ने र आदिपुरुषको प्रदर्शनबारे निर्णय लिने जनाइएको छ । मेयर शाहले आदिपुरुष फिल्ममा जानकी भारतकी छोरी हुन् भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत सच्चाउनुपर्ने अडान लिएका छन् । यदि उक्त सम्वाद नसच्याए काठमाडौं महानगरभित्र हिन्दी फिल्मलाई रोक लगाउने सामाजिक सञ्जालमार्फत चेतावनी दिएका थिए । उनले ३ दिनसम्मको समय नै तोकेका छन् ।

नेपालको सेन्सर बोर्डले भने विवादित वाक्य हटाउँदै फिल्मलाई प्रदर्शनको अनुमति दिएपनि शुक्रबार कुनै पनि हलले उक्त फिल्म प्रदर्शन गर्न सकेनन् । संघले उपत्यका भित्रका सबै हलमा आदिपुरुषको बिहानी शो रोक्न र उपत्यका बाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिइसकेको छ । क्युएफएक्स,आइएनआई,बिग मुभिज, वान सिनेमा र मल्टिप्लेक्सले बिहानी शो स्थगित गरेका छन् ।

प्रतिक्रिया