१ चैत्र २०८२, आइतबार | March 15, 2026

राजदूत शर्मामाथि यसरी खनिए रघुजी पन्त (लाइभ हेरौं)


0
Shares

 

आज संसदमा नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले हिन्दूराष्ट्रको वकालत गरेको आरोप लगाएका छन् ।संसदमा आकस्मिक समयमा बोल्दै पन्तले शर्मामाथि संविधान विरोधी कार्य गरेको आरोप समेत लगाए ।

शर्माले नेपालको एक दैनिक पत्रिकामा दिएको अन्तवार्ताको हवाला दिदै पन्तले राजदूत शर्मा हिन्दू राष्ट्रको वकालत गरेर धर्म निरपेक्षतामाथि प्रश्न खडा गरेको टिप्पणी गरे ।

प्रचण्ड नेतृत्वको सरकार हिन्दू राष्ट्रको पक्षमा हो कि हैन भनेर प्रस्ट पार्नुपर्ने पन्तको माग थियो । उनले प्रधानमन्त्री प्रचण्डले भारतमा महाकालेश्वर र नेपालमा पशुपतिनाथको दर्शन गरेको विषय पनि उठाए ।

प्रतिक्रिया