९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

एमालेको तारोमा हिन्दूराष्ट्र पक्षधर, राजदूत शर्मामाथि पन्त खनिए (भिडियोसहित)


0
Shares

काठमाडौं, ३२ जेठ । केपी शर्मा ओलीले केही समय रामभक्ति मात्र देखाएनन् अयोध्या नेपालभित्र रहेको दाबी समेत गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर बनाउँदै गर्दा ओलीले यी सबै रणनीति चालेका थिए ।

ओलीले पशुपतिनाथमा जलहरी चढाउने निर्णय समेत गराएका थिए र चढाइयो पनि । उनी धर्मगुरु जसरी प्रवचन दिन पछि परेनन् । तर, अहिले उनै ओली हिन्दूराष्ट्र पक्षधरमाथि खनिन थालेका छन् । यतिसम्मकी एमाले नेताहरुको हिन्दूराष्ट्र पक्षधरमाथि कडा बोली निस्कन थालेको छ ।

आज संसदमा नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले हिन्दूराष्ट्रको वकालत गरेको आरोप लगाएका छन् ।संसदमा आकस्मिक समयमा बोल्दै पन्तले शर्मामाथि संविधान विरोधी कार्य गरेको आरोप समेत लगाए ।

शर्माले नेपालको एक दैनिक पत्रिकामा दिएको अन्तवार्ताको हवाला दिदै पन्तले राजदूत शर्मा हिन्दू राष्ट्रको वकालत गरेर धर्म निरपेक्षतामाथि प्रश्न खडा गरेको टिप्पणी गरे ।
प्रचण्ड नेतृत्वको सरकार हिन्दू राष्ट्रको पक्षमा हो कि हैन भनेर प्रस्ट पार्नुपर्ने पन्तको माग थियो । उनले प्रधानमन्त्री प्रचण्डले भारतमा महाकालेश्वर र नेपालमा पशुपतिनाथको दर्शन गरेको विषय पनि उठाए ।

देशमा प्रचण्डको महाकालेश्वर र पशुपतिनाथ दर्शनले धर्मको मुद्या बलियो बहसको विषय बन्न थालेको छ । विशेषगरी एमालेले यसमा छटपटी देखाउन थालेको छ ।

(भिडियो हेरौं)

प्रतिक्रिया