मुख्यसचिवमा अर्याल र राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारमा बैरागी

काठमाडौं, ३२ जेठ । मन्त्रिपरिषदको बैठकले मुख्य सचिवमा बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
अर्यालले आजैदेखि कार्यभार सम्हालेका छन् । अर्याल आगामी असार २ गते सचिवबाट अवकाश पाउँदै थिए । त्यसअघि नै उनलाई सरकारले मुख्यमन्त्रीमा नियुक्त गरेको हो । अर्याल प्रधानमन्त्री कार्यालयमा सचिव थिए ।
अहिले मुख्य सचिव रहेका शंकरदास वैरागीलाई भने सरकारले राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार नियुक्त गरेको छ । वैरागीलाई अमेरिकाको लागि राजदुत बनाइने तयारी रहेको बुझिएको छ ।