२२ भाद्र २०८१, शनिबार | September 8, 2024

प्रेम बिवाह गरेको २ महिनामै श्रीमतीको हत्या


0
Shares

काठमाडौं, ३२ जेठ । भनिन्छ माया अन्धो हुन्छ । मायामा जातपात, धनि गरिब, रुपरंग हेरिदैन् । तनहुँ भानु नगरपालिकाका मनोज बिष्ट र ब्यास–४ की रंगिला भुजेलले गत वैशाख १ गते प्रेम बिवाह गरे । तर, मनोजले बिहे गरेको २ महिनामै रंगिलाकोे हत्या गरेका छन् । हत्याको कारण दुइटा सिमकार्ड भएको बुझिएको छ ।

भानु नगरपालिकाका–५ मैवल हटियाका २१ वर्षीय विष्टले आफूलाई जानकारी नदिई २ वटा सिम चलाए पछि आक्रोसित भई श्रीमती रंगिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

विष्टले गत वैशाख १ गते भुजेलसँग अन्तर्जातिय प्रेम बिवाह गरेर दमौलीस्थित ब्यास नगरपालिका–४ मा डेरामा बस्दै आएका थिए ।
रंगिला गत जेठ २४ गतेदेखि माइतीको सम्पर्कमा थिइनन् । २२ वर्षीया रंगिलाको माइती ब्यास–१२ को लामिडाँडा हो । उनको शव ब्यासकै चिहानडाँडामा भेटिएको हो । उक्त स्थानमा नमिठो गन्थ आउन थालेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा नालीमा राखिएको हमपाइमा प्लास्टिकको बोराभित्र रंगिलाको शव फेला परेको हो । उनको शव गल्न लागिसकेको अवस्थामा भेटिएको तनहुँ प्रहरीले जनाएको छ ।

रंगिलाको शव फेला पर्दा बित्तिकै मनोज पनि पक्राउ परिसकेका छन् । रंगिलाको हत्या गरेर शव मनोजले पाइपमा लुकाएको प्रहरीले जनाएको छ । सिमको कारण झगडा परेको र मनोजले रंगिलाको आफ्नै डेरामा हत्या गरेर पाइपभित्र लुकाएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

 

प्रतिक्रिया