देशभर १५ हजार चर्च, ललितपुर बन्यो चर्च नै चर्चको शहर

ललितपुर, ३१ जेठ । देशमा चर्चहरु च्याउ उम्रिए सरह बढेका छन् । सबैभन्दा बढी ललितपुरमा चर्चको संख्या बढेको छ ।
राष्ट्रिय क्रिश्चियन महासंघले ललितपुरमा मात्र झण्डै ३ हजार चर्च रहेको जनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा चर्चको संख्या अत्याधिक छ ।
२०७० सम्म काठमाडौंमा १८७ वटा मात्र चर्च थिए । अहिले बढेर चार हजार नाघेको छ ।
१० वर्ष अघि देशभर १ हजार ४ सय ५ चर्च रहेको गृहको तथ्यांक थियो । १० वर्षमा बढेर १५ हजार चर्च पुगेको छ ।
भक्तपुरमा मात्र ९० वटा चर्च छन् ।
नेपालमा कुनैबेला क्रिश्चियनको संख्या सुन्य रहेकोमा निरन्तर बढिरहेको छ । २०६८ को जनगणनामा ३ लाख क्रिश्चियन रहेकोमा २०७८ मा आएर ५ लाख पुगेको छ ।