१२ श्रावण २०८१, शनिबार | July 27, 2024

घट्ने भयो कर्जाको ब्याजदर


0
Shares

काठमाडौं, ३० जेठ । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउने भएका छन् । असारबाट लागू हुने गरी ब्याजदर घटाउने भएका हुन् ।

बैंकहरुमा कर्जा प्रभाव नहुँदा निक्षेप बढेको छ । विशेषगरी मुद्यतीमा निक्षेप बढ्दा कर्जा प्रभाव घटेको छ । यसले बैंकहरुले कर्जा प्रभावका लागि प्रोत्साहित गर्न खोजेका छन् ।

बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । मुद्यतीमा ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । निक्षेपमा ब्याजदरले निरन्तरता पाउने भएको छ ।

कर्जामा बैंकहरुले अधिकतम १२.०३ प्रतिशत ब्याज लिइरहेका छन् । अब घटाउने पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिकको समिक्षामार्फत् १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्ने भएको हो ।

बैंकहरुले कर्जाको ब्याजदर चर्को बनाउँदा कर्जा लिनेहरु मारमा परेका थिए । व्यवसायहरु धरापमा पर्दा मुलुकमा ठूलो संख्यामा रोजगारी गुम्यो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया