२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बेर्लुस्कुनीको प्रेम, सेक्स अनि रोमान्स


0
Shares

एजेन्सी, १२ जून । सिल्भियो बेर्लुस्कुनीको जीवन रोमान्समै बित्यो । राजनीतिलाई विभिन्न रङ्ग दिन माहिर थिए उनी । सधै विवादमा रहे तर इटालीको प्रधानमन्त्रीको रुपमा चारपटक चुनिए ।

बेर्लुस्कुनी अर्बपति थिए । उनीमाथि कर छलीको आरोप लाग्यो । जसका कारण प्रधानमन्त्री पद नै गुमाए । उनीमाथि कम उमेरका युवतीहरुसँग यौन सम्बन्ध राखेको आरोप पनि लाग्यो ।

मोरक्कोकी एकजना किशोरीसँगको यौन सम्बन्धले बेर्लुस्कुनी निकै विवादमा परे । उनी महिलाहरुप्रति नकारात्मक शब्दहरु बोलेर विवादमा आए ।

बेर्लुस्कुनीको सम्बन्ध कठोर शासकहरुसँग भयो । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका मित्र बने । पुटिनले बेर्लुस्कुनीलाई सच्चा मित्र भनी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनी कसैसँग नडराउने स्वभावका थिए । उनलाई इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले सबैभन्दा माथिका लडाकु भनेकी छिन् ।

बेर्लुस्कुनीले फुटबलमा पनि लगानी गरेका थिए । उनी मालिक रहँदा एसी मिलानले च्याम्पियन्स लिग जितेको थियो ।

सोमवार १२ जूनमा ८६ वर्ष पुग्दा बेर्लुस्कुनी सँसारबाट बिदा भए । उनी राजनीतिज्ञ, व्यवसायी, खेल क्षेत्रका लगानीकर्ता, रोमान्सका बादशाहका रुपमा परिचय बनाएर गए ।

प्रतिक्रिया