३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पश्चिम नेपालमा महाभूकम्पको खतरा


0
Shares

काठमाडौं, २९ जेठ । देशको पश्चिमी भागमा महाभूकम्पको जोखिम रहेको विषय उठ्दै आएको छ । विज्ञहरुले सुदूरपश्चिम र भारतको उत्तराखण्ड क्षेत्र भूकम्पीय जोखिमयुक्तका रुपमा मान्दै आएका छन् । त्यस क्षेत्रमा बेला बेलामा स साना भूकम्प गइरहेका छन् ।

सोमवार विहान बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार विहान ७ बजेर ३८ मिनेट जाँदा बाजुरामा भूकम्प गएको हो ।

४.४ म्याग्निच्युडको भूकम्पबाट बाजुरा जिल्ला र आसपासका क्षेत्रमा कम्पन अनुभव भएको जनाइएको छ । भूकम्पबाट कुनै क्षति पुगेको खबर प्राप्त भएको छैन ।

जेठ महिनाभर पश्चिम नेपालमा ४ म्याग्निच्युड भन्दा माथिका भूकम्प तीन पटक गइसकेको छ । यसले पनि जोखिम रहेको देखाइरेको छ ।

प्रतिक्रिया