अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौं, २९ जेठ । आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज १ बजेबाट शुरु हुनेछ ।
आजको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले दिने कार्यसूची रहेको छ । आइतबार बजेटमाथिको छलफल सकिएको हो ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ ।