११ पुस २०८१, बिहिबार | December 26, 2024

नेताहरुको बाक्लियो चीन भ्रमण, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना नेतृत्वको सांसदको टोली बेइजिङमा


0
Shares

काठमाडौं, २८ जेठ । पछिल्लो समय नेताहरुको चीन भ्रमण बाक्लो हुन थालेको छ । चीनले नेपालको प्रमुख दलका नेता तथा सांसदहरुलाई धमाधम भ्रमण गराइरहेको छ ।
शनिवार मध्यराति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको संसदीय टोली चीन उड्यो। उनीहरु आइतवार विहान बेइजिङ पुगे ।

तिब्बतको ल्हासामा आयोजना हुने कार्यक्रममा सहभागी हुन तिमिल्सिना नेतृत्वको टोली चीन पुगेको जनाइएको छ । भ्रमण टोलीमा सांसदहरु जीवन परियार, धबल शमशेर राणा, प्रदीप यादव, उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी पनि सहभागी छन् । ९ सदस्यीय प्रतिधिमण्डलमा दुईजना गैरसांसद पनि छन् ।

तिमिल्सिनाले चीनमा रहँदा राष्ट्रिय जन काँग्रेसको स्ट्यान्डिङ कमिटीका अध्यक्ष चाओ लिजी, चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्सका अध्यक्ष वाङ हुनिङगलगायतसँग भेट्ने तय रहेको जनाइएको छ । तिमिल्सिनासहितको टोली २१ जूनमा स्वदेश फर्कने जनाइएको छ ।

यसअघि कम्युनिस्ट नेताहरुको भ्रमण भएको थियो । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीन पुगेर फर्किएको छ ।

प्रतिक्रिया