४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नागरितासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै संविधान च्यात्न पाइन्छ ?


0
Shares

काठमाडौं, २७ जेठ । सामाजिक अभियन्ता तारा बरालले नेपालको संविधान च्यातेकी छिन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी नेपालको संविधानको धारा १४, २८९ र २९१ मा रहेका नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले संविधानका उक्त धाराहरु च्यातेकी हुन् ।

सार्क मुलुकभन्दाबाहिर गएर आवासीय अनुमति पत्र लिएका नेपालीहरुले त्यहाँको नागरिकता नत्याग्दा पनि यहाँको नागरिकता कायम रहनुपर्ने उनको माग छ । ‘नेपाल सरकारले रोजगारी नदिएकै कारण नेपालीहरु विदेशिन बाध्य भए । सरकारले उनीहरुलाई नेपाली माटोसँगको सम्बन्ध विच्छेद गरिदियो । बाबु, आमा, छोराछोरीसँगको सम्बन्धविच्छेद गरिदियो । कसैले यो देशको नागरिकता त्याग्नुपर्छ भने यो देशमा पैसा पठाउला ?’– उनले भनिन् ।

विदेश मा गएकाहरु उक्त देशमा सुविधा लिनका लागि त्यहाँको नागरिकता लिन बाध्य हुने गरेको उनको भनाई छ । ‘उनीहरुले सुविधापाउनका लागि त्यहाँको कार्ड लिनका लागि बाध्य हुन्छन् । अझ बढि सुविधा लिनका लागि त्यहाँको नागरिता लिन बाध्य हुन्छन् । हाम्रो देशको सरकारले रोजगारी दिएन र उनीहरु विदेश गए । बाबु विदेश गयो । उतैको नागरिकता दिएपछि छोरीको नागरिकता के भनेर दिन्छ नेपाल सरकारले ?’–उनले प्रश्नगरिन् ।

संविधानको धारा १४ माविदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वाआमा, बाजे वाबज्यै नेपालको नागरिक रही पछि विदेशीमुलुकको नागरिकताप्राप्त गरेको व्यक्तिलाई संघीय कानूनबमोजिमआर्थिक, सामाजिक र सांस्कृतिकअधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीयनागरिकताप्रदानगर्न सकिने व्यवस्था रहेको छ ।
त्यसैगरी,धारा २८९ (२) मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशप्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाकाअध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षानिकायकाप्रमुखको पदमानिर्वाचित, मनोनितवानियुक्तिहुनबाहेककापदमानियुक्तिहुनवंशज, जन्मकाआधारमा र अंगिकृत नागरिकताप्राप्त गरेकाव्यक्ति योग्यहुने व्यवस्था राखिएको छ ।
त्यसैगरी संविधानको धारा २९१ ले कुनै पनि नेपालीनागरिकले विदेशमा स्थायीआवासीयअनुमतिपत्रलिएको अवस्थामानिर्वाचित, मनोनयन र नियुक्तिकालागि रोकेको छ । यीनै बुँदाहरुमा असन्तुष्टि जनाउँदै उनले यही परम्परा कायम रहिरहे नेपालीजतिअन्य देशको स्थायीआवासीय प्रमाण पत्रलिने र जन्म र अंगिकृत नागरिकतालिएकाहरुले भोलिकादिनमाशासनगर्ने अवस्थाआउनलागेको भन्दै उनले विरोध जनाएकीहुन् ।

अहिलेको संविधानले नेपालीलाई विदेशीबनाउने र विदेशीहरुलाई नेपालीबनाउने कामगरिरहेको उनको आरोप छ । संविधान लेखनकै क्रममायसकालागि ठूलो चलखेल भएकोसमेत उनको आरोप थियो ।

 

 

 

 

प्रतिक्रिया