लुम्बिनी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं, २६ जेठ । लुम्बिनी प्रदेश सरकारको आज आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पेश हुँदैछ ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्न लागेका हुन् ।
प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको बुझिएको छ ।
बहुवर्षीय आयोजनालाई निरन्तरता र मर्मतसम्भारलाई पनि कार्यक्रममा समेटिने तयारी गरेको छ ।