१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘अखण्ड भारत’ को नक्शालाई भारतले ऐतिहासिक र सांस्कृतिक नक्शाका रुपमा बुझ्न भन्योः प्रचण्ड


0
Shares

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अखण्ड भारत’ को नक्शाबारे भारत भ्रमणका बेलामा कुरा उठाएको बताएका छन् । उनले भारतीय पक्षले राजनीतिक नभई ऐतिहासिक र सांस्कृतिक नक्शा भएको जवाफ दिएको जानकारी दिए ।

बुधवार नेपालको संसदमा सांसदहरुको प्रश्नको जवाफ दिदै अखण्ड भारतको नक्शाबारे प्रचण्डले भने, ‘के हो नक्शा भन्ने प्रश्न गरेँ । यो कुनै राजनीतिक नक्शा होइन ऐतिहासिक र सांस्कृतिक नक्शा हो राजनीतिक रुपमा हेर्नुहुँदैन भन्ने जवाफ आयो ।’

भारतले नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को मुरल राखेपछि नेपालमा यसबारे प्रश्न उठिरहेको छ । सरकारका तर्फबाट यसबारे भारतलाई कूटनीतिक नोट पठाउन सांसदहरुले माग समेत गरेका छन् ।

यसैगरी, नेपाल भारत इमिनेन्ट पर्सनल ग्रुप (इपीजी) को रिपोर्ट भारतले नबुझेकोबारे पनि संसदमा प्रश्न उठेको छ । प्रधानमन्त्री प्रचण्डले भारतले यसलाई कुनै ठूलो कुरा नभएको जवाफ दिएको बताए । अर्कोपटक वातावरण बनेपछि इपीजीको रिपोर्टका बारे निर्णय लिइने जवाफ आएको बताए ।

नेपाल र भारतबीच १९५० को सन्धी पुनरावलोकनका लागि २०१६ को जनवरीमा इपीजी गठन भएको थियो । २०१८ को जुलाई मा रिपोर्टलाई अन्तिम रुप दिएपनि दुवै देशका सरकारले लिएका छैनन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया