१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुढानीलकण्ठ स्कुलमा विद्यार्थी भर्नामा चलखेल र आर्थिक अनियमितता भएको आरोप


0
Shares

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौं क्षेत्र नं–४ प्रदेश ‘ख’ का युवा परिचालन संयोजक विजेन केसीले बुढानीलकण्ठ स्कूलमा विद्यार्थी भर्नामा चलखेल र आर्थिक अनियममितता भएको आरोप लगाएका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत उनले बुढानीलकण्ठ स्कुलमा भएको आर्थिक अनियमितताका बारेमा जानकारी गराएका हुन् । विद्यार्थी भर्नाका क्रममा नाम निकालेको विद्यार्थीलाई भर्ना नलिएर आर्थिक प्रलोभन, पावर र पैसाको आधारमा अरू विद्यार्थीलाई भर्ना गरिएको केसीको आरोप छ ।

‘बुढानीलकण्ठ स्कुलमा विभिन्न किसिमका अनियमितता, विद्यार्थी भर्नामा अनियमितता हुने, इन्ट्रान्स परीक्षामा पास भएको विद्यार्थीको भर्ना नभइकन फेल भएका विद्यार्थीलाई आर्थिक चलखेल, पावर र सेटिङ लगाएर भर्ना गरिएको खबर र सूचना पाएपछि हामीले टिम बनाए अनुसन्धान गरेका थियौं’,उनले भने–‘बुढानीलकण्ठ स्कुलमा भर्ना हुनेक्रममा ‘ए’ र ‘वि’ मेरिट लिष्टमा पर्नुभएको छ भने ‘ए’ को नाम राखेर ‘सि’ को भर्ना हुन्छ र ‘वि’ को नाम राखेर डि को भर्ना हुन्छ ।’

उक्त विद्यालयमा विभिन्न तरिकाले चलखेल भएको, आर्थिक घोटला भएको र विद्यार्थीको जीवन जोखिममा पारेका लगायतका प्रमाणहरु आफूसँग रहेको उनको दाबी छ । ‘त्यहाँको प्रशासनले विभिन्न चलखेल गरेको हामीले प्रमाण ल्याएका छौं । यस विद्यालयमा आर्थिक अनियमितता, आर्थिक घोटला, विद्यार्थीको जीवन जोखिम पारेको, अनियमितता र थप आर्थिक भार पनि भएको म प्रष्ट गर्न चाहन्छु,’– उनले भने ।
विद्यालयको अनियमितताबारे निश्पक्ष छानविन गरेर दोषीलाई कानुनको दायरामा ल्याउन उनले सरोकारवाला निकायको ध्यानाकार्षण गराएका छन् ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा मन्त्रालयमासमेत उजुरी परिसकेको उनले जानकारी गराए । ‘यसको निश्पक्ष रुपमा छानविन भई दोषीलाई कारबाही गरिनुपर्छ र विद्यार्थीमाथि भएको अन्यायलाई सुधारेर पाउनुपर्ने अधिकार दिलाउनुपर्छ । हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा मन्त्रालयमा उजुरी दर्ता गराईसकेका छौं,’– उनले भने ।

विगत पाँच वर्षदेखि बुढानीलकण्ठ स्कुलमा भइरहेको भ्रष्टाचार र अनियमितताको प्रमाण आफूसँग सुरक्षित रहेको पनि उनको दाबी छ । उक्त विषयलाई थाँती राख्न आफूलाई बुढानीलकण्ठ स्कुलका प्रधानाध्यापक होम आचार्यका भाई राष्ट्रपति कार्यालयमा कार्यरत खगेन्द्र आचार्यबाट दवाब आएको पनि बताए । आफूहरु एउटै पार्टीका भएकाले यस विषयलाई थाँती राख्न र आवश्यक समन्वयका लागि खगेन्द्रले अनुरोध गरेको केसीले खुलाए । आफू उनीहरुको प्रलोभनमा नपरी विद्यार्थीको हकहित र भ्रष्टाचारको अन्त्यका लागि निरन्तर लागिरहेकोसमेत उनले बताए ।

बुढानीलकण्ठ स्कुलका विषयमा सरोकारवाला निकायको ध्यानाकार्षण भएर निष्पक्ष छानविन गरी दोषीलाई कारबाही हुनुपर्ने र पीडित विद्यार्थीहरुले न्याय पाउनु पर्ने उनको माग छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया