पाल्पा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत

काठमाडौं, २२ जेठ । पाल्पामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु भएका ४ जनाकै सनाखत भएको छ ।
रैनादेवी छहरा–८ सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटना हुँदा घाइते भई उपचाररत दुधे बालक संयोग गौतमको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकसहित हालसम्म मृत्यु हुनेमा श्यामकला परियार, रमेश विक, सीता गौतम रहेका छन् ।