१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मदन राईको मुद्दामा आजदेखि थुनछेक बहस


0
Shares

काठमाडौं, २२ जेठ । कृषि विज्ञका परिचय बनाएका खोटाङका मदन राईमाथि अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले बालबालिकामाथि दुव्र्यवहार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको हो । शुभद्रा मदन फाउन्डेसनका संस्थापक समेत रहेका राईलाई यौन दुव्र्यवहार गरेको अभियोगमा केही दिनदेखि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीविरुद्ध सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको हो । आइतबार नै उनको थुनछेक बयान सुरु हुने बुझिएको छ । उनको बयान सकिएपछि राईलाई छाड्ने वा साधारण तारेखमा छाड्ने भन्नेबारे बहस हुनेछ ।

उनीमाथि बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको आरोप लागेको छ । राईलाई बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क),(ग),(ङ) कसुर गरेको भन्दै दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय माग गरिएको छ । उनीमाथि बालबालिकाहरुलाई यौन कार्यको लागि फकाउने,दबाब दिने वा धम्क्याउने कार्य गरेको अभियोग लागेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया