१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डलाई महाकालेश्वर दर्शनपछि मोदीको मुर्रा भैंसी उपहार


0
Shares

काठमाडौं, २१ जेठ । राजनीतिमा सन्देशहरु रोचक हुन्छन् । त्यसमाथि पनि कूटनीतिमा त गजबका सन्देशहरु हुनेगर्छन् । यस्तै भएको छ प्रचण्डलाई ।

त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट ठूलै उपलब्धि हासिल गरेको दाबी गरे । तर, उनी नेपाल नआउँदै भारत सरकारले उन्नत जातको मुर्रा भैंसी उपहार दिएको घोषणा गर्यो ।

मुर्रा भैंसी उपहारले प्रचण्डलाई धेरै व्यंग्य गरियो । उन्नत जातको यो भैंसी नेपाल सरकारले सात वर्ष अघि नै भारतसँग मागेको थियो । जुन बल्ल प्राप्ति भयो ।
रोचक त यो छ कि प्रचण्डले विगतमा भैंसी पूजा गरेको तस्बिर भाइरल भएको थियो । भारत भ्रमणको बखत भैंसी उपहार आयो ।

प्रचण्डले महाकालेश्वरको दर्शनको अवसर पनि प्राप्त गरे । मध्य प्रदेशको यो मन्दिर निकै पुरानो र दैनिक लाखौंले दर्शन गर्ने भएकाले प्रशिद्ध छ । औपचारिक भ्रमणका बखत प्रचण्डले नेपालको प्रधानमन्त्रीको रुपमा मन्दिरको दर्शन गरे ।

नेपालको पशुपतिनाथ पनि नपसेका प्रचण्ड भारतको महाकालेश्वर पुगे । कतिपयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई मन्दिर प्रवेशको अवस्था बनाइदिएको टिप्पणी पनि गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया