४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्बेवारी


0
Shares

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजनाआयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिइन् । सोमबार आयोजित सपथ समारोहमा आयोगका सदस्यहरु तथा सदस्य सचिव केवल प्रसाद भण्डारीको उपस्थिति थियो ।

महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्यपदमानियुक्त गरेको हो । ढुंगाना सामाजिकएवं राजनीतिक क्षेत्रमा सक्रियमहिला नेतृ हुन् । यूनडिपीमा समेत काम गरेको अनुभवभएकोढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालिसकेकी छिन् ।
२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेकाथिए । तत्कालिनमाओवादी–एमालेसहितको गठबन्धन भत्किएर माओवादी–कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर आयोगलाई पर्यो । गठबन्धन परिवर्तन पछि केहीनयाँ सदस्यहरु नियुक्तभएपनिआयोगले पूर्णताभने पाउन सकेको थिएन ।

यसअघि आयोगको सदस्यहरुा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, र डा. रमेश पौडेल नियुक्तभइसके थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिकातथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचनाप्रविधि, कानून, न्यायतथा संसदीयमामिला साथै कर्णालीप्रदेश हेर्ने जिम्बेवारी पाएकी छिन् ।

यस अघि नियुक्तभएका सदस्यहरु मध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथाआपुर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदुरपश्चिमप्रदेशको जिम्बेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मादिइएको छ ।

यसैगरी डा. बुढाथोकीलाई उर्जा, वन, सार्वजनिकनिजी साझेदारी साथै बागमतीप्रदेश, डा. विच्छालाई स्वास्थ्यतथा जनसंख्या, संघीइ मामिलातथा सामान्यप्रशासन साथै कोशीप्रदेशको जिम्बेवारी दिइएको छ भने डा. पौडेललाई क्षिा, सहरी विकास, युवातथा खेलकुद साथै बागमतीप्रदेशको जिम्बेवारी दिइएको छ ।
उपाध्यक्षश्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र। गृह, भौतिकपूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरुको समन्वय रहेको छ ।

प्रतिक्रिया