२३ भाद्र २०८१, आइतबार | September 8, 2024

स्कुलका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए


0
Shares

काठमाडौं, २० जेठ । मोरङको एक विद्यालयका लेखापाल जलिरहेको अवस्थामा भेटिएका छन् ।

सुन्दरहरैचा नगरपालिकाको मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापालको रुपमा कार्यरत मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन् ।

मृगौलिया घर भएका ४० वर्षीय ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा आज बिहान ६ : ५० बजेतिर भेटिएका हुन् । ढकाल सोही विद्यालयको लेखापाल हुन् ।

उनी आज बिहानै शनिबार पनि विद्यालय जान्छु भनेर घरबाट हिडेका थिए । ढकालको अवस्था गम्भीर छ । उपचारका लागि उनलाई विराटनगरको कोशी अस्पताल पु¥याइएको छ ।

 

प्रतिक्रिया