३१ भाद्र २०८१, सोमबार | September 17, 2024

तीनपटक एक्ला एक्लै वार्तापछि प्रचण्डले मोदीलाई मनाए


0
Shares

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि भारत भ्रमण प्रतिष्ठाको विषय नै थियो । उनले निकै प्रतिक्षापछि भारतबाट भ्रमणको निम्तो पाए । तर, भ्रमणमा कतिपय विषयमा ब्रेक थ्रु गर्ने अठोट लिएका थिए ।

प्रचण्डका लागि जलविद्युतका केही विषयलाई पार लगाउने चुनौती थिए । यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कन्भिन्स गर्नुपर्ने अवस्था थियो । प्रचण्डले तीनपटक मोदीसँग वन टु वन वार्ता गरे ।

बिहिबारको वन टु वन वार्तापछि कतिपय विषयमा ब्रेक थ्रु भएको खुलासा प्रचण्डले गरिसकेका छन् । उनले नेपालको विद्युत बँगलादेशसँग निर्यात गर्नका लागि भारतसँग महत्वपूर्ण सहमति भएको बताएका आज शुक्रवार विहान दिल्लीस्थित होटल मौर्यमा नेपालका सञ्चारकर्मीसँगको भेटमा यस्तो बताएका हुन् ।

‘जलविद्युत क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ,’ प्रचण्डले भने, ‘नेपालको विद्युत बँगलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो ।’

महाकाली सन्धी अनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र वृस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउने सहमति भएको उनको भनाई थियो । २७ वर्ष अघि महाकाली सन्धी भएपनि अहिलेसम्म डिपिआर तयार भएको छैन ।

प्रतिक्रिया