३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डको भ्रमणमा भारतले के लियो के दियो


0
Shares

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणमा भारतले लिनसक्यो नेपालले खासै लिन सकेन । उसले नेपालको जलविद्युत परियोजना हात पारिछाड्यो । तर, नेपालले भने आफूले विगतमा गरेको सम्झौता कार्यान्वयनमा ठोस छलफल अगाडि बढाउन सकेन ।

भारतले चाहेको तल्लो अरुणको विद्युत विकास सम्झौता पीडीए गर्ने कुरा टुंगिएको छ । भारतीय कम्पनीले फुकोट कर्णाली आयोजना निर्माण गर्ने सम्झौता भएको छ ।

सीमापार पेट्रोलियम पाइपलाइन विस्तार, चाँदनी दोधारामा एकीकृत जाँच चौकी निर्माण, डिजिटल पेमेन्ट सम्झौता, नेपाल र भारतबीच पारवहल सम्झौता नवीकरण भएको छ । यी सबैमा भारतकै स्वार्थ बढी देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डले भनेजस्तो पश्चेश्वरमा आइसब्रेक भएन । दुवै पक्षले पुरानै रटान लगाएका छन् । हवाई रुटमा सम्झौता भएन । नेपालले भैरहवा र पोखरा विमानस्थलका लागि पश्चिमतर्फको हवाई रुट पाउनुपर्ने विषय उठाउँदै आएको थियो । यसपटकको भ्रमणमा भारत एयर रुट दिनेमा सहमति बनाउन सकेन ।

प्रतिक्रिया