१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पूर्वगुप्तचर प्रमुख दोभाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न होटलमै पुगे


0
Shares

नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड होटल मौर्यमा बसेका छन् । नयाँ दिल्लीस्थित भव्य होटलमा पुगेको केही घण्टामै पुगे अजित दोभाल ।

भारतको पूर्व गुप्तचर प्रमुख र हालका सुरक्षा सल्लाहकार हुन् दोभाल । उनी निकै शक्तिशाली अधिकारी मानिन्छन् ।

दोभालसँगै पुगेका थिए भारतका विदेश सचिव विनयमोहन क्वात्रा । क्वात्रा नेपालका लागि राजदूत हुँदै विदेशसचिवमा बढुवा भएका थिए । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् ।

भेटमा प्रचण्डकी छोरी गंगा दाहाल पनि भेटमा सहभागी भइन् । यो भेटमा निकै महत्वपूर्ण कुराकानी भएको बुझिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया