३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बँगलादेशलाई विद्युत बेच्न भारतको साथ पाउलान् प्रचण्डले ?


83
Shares

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महत्वकांक्षी योजनासहित भारत भ्रमणमा जाँदैछन् । उनले भारत र बँगलादेशलाई धेरैभन्दा धेरै विद्युत बेच्ने योजना पूरा गर्न खोजेका छन् ।
भातरलाई त नेपालले विद्युत बेच्दै आएको छ । बँगलादेशलाई बेच्ने योजना भने भूगोल नजोडिंदा पूरा हुन सकेको छैन ।

बँगलादेशलाई विद्युत विक्री गर्ने लक्ष्य लिएको छ नेपालले । बँगलादेशलाई विद्युत विक्रीको उद्देश्य पूरा गर्न नेपालले भारतसँग ट्रान्समिसन लाइन प्रयोगको अनुमति लिन खोजेको छ ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको १७ जेठबाट हुने भारत भ्रमणमा त्यसबारे कुराकानी हुने बताइएको छ । परराष्ट्रमन्त्री एन पी साउदले भारतीय ग्रिड र ट्रान्समिसनलाई प्रयोग गरेर बँगलादेशमा विद्युत निर्यात गर्नुपर्ने विषय नेपालको एजेन्डामा रहेको जानकारी दिए ।

साउदले बँगलादेशलाई विद्युत निर्यात गर्न भारतको साथ हुने आशा व्यक्त गरे । नेपाल र बँगलादेशबीच विद्युत व्यापारको सम्झौता भई प्रक्रिया बढिसकेको छ । तर, भारतको भूमि भई ट्रान्समिसन लाइनको प्रयोग विना विद्युत व्यापार सम्भव छैन ।

बँगलादेश नेपालबाट विद्युत खरिद गर्न चाहन्छ । उसले नेपालको जलविद्युत आयोजनाहरुमा लगानीको पहल गर्दै आएको छ ।

प्रतिक्रिया