७ बैशाख २०८३, सोमबार | April 20, 2026

आव २०७९र८० को आर्थिक सर्वेक्षण : निर्माण, उत्पादनमूलक उद्योग, थोक तथा खुद्रा व्यापार संकुचित


0
Shares

काठमाडौं, १५ जेठ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि जम्मा २ दशमलव १६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको २०७९/८० को आर्थिक सर्वेक्षणमा सो अनुमान गरिएको हो ।

निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन संकुचन भएपछि आर्थिक वृद्धि खुम्चिने अनुमान गरिएको छ। साथै त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्यतथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ। गतआर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५।२६ प्रतिशत रहेको थियो। ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत््, ग्यास, वाष्प र वातानुकूलित क्षेत्रको उत्पादनभने १९ प्रतिशतले विस्तार हुने अनुमान छ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र वागमती प्रदेशको सबैभन्दा कम १.८० प्रतिशत रहने अनुमान छ। चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान छ। यस अवधिमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः २.७३ प्रतिशत र १.९२ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर क्रमशः २.२४ प्रतिशत र ६.५६ प्रतिशत रहेको थियो।

विगतका वर्षदेखि नै कुल गार्हस्थ उ

प्रतिक्रिया