रेशम चौधरीको जन्मकैद सजाय माफी

काठमाडौं, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सांसद रेशमलाल चौधरीको जन्मकैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।