नेविसंघद्वारा शंकरदेब क्याम्पसको इकाई अध्यक्ष मनोनित

काठमाडौं, १४ जेठ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले शंकरदेब क्याम्पसको इकाई अध्यक्षमा सन्देश खाँणलाई मनोनीत गरेको छ ।
लामो समय रिक्त रहेको क्याम्पसको इकाईलाई चलायमान बनाउने लगायत ३ महिना भित्र इकाई अधिबेशन गर्ने गरि नेविसंघले इकाई अध्यक्ष तोकेको हो ।
भर्खरै अध्यक्षमा मनोनित भएका खाँणले आफ्नो क्याम्पसका प्रशासन देखि विद्यार्थीका सम्पुर्ण समस्याहरु विरुद्ध बुलन्द आवाज उठाएर समाधान गर्ने बताए ।
उनले भने,“सम्पुर्ण नेपाल विद्यार्थीसंघमा आबद्ध साथीहरु मिलेर संगठन बिस्तार गरि संगठनलाई चलायमान बनाउने र ३ महिना भित्र ईकाई अधिबेशन गर्ने पहिलो प्राथमिकता हो ।”