२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बागमतीका सवारीमा आज देखि भाडा घट्ने


0
Shares

काठमाडौं,११ जेठ । आजदेखि बागमती प्रदेशभित्र सवारी भाडादर घटाइएको छ । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन भएको थिएन ।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको एक सातापछि प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा दर घटाउने निर्णय गरेको हो ।

आजदेखि उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा ५.९० प्रतिशतले भाडा कम हुने छ । बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया