११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर, राज्यविरुद्धको अपराधमा को को माथि मुद्दा


0
Shares

काठमाडौं, ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । आज बुधवार राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र किर्ते गरी चार कसूरमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

मुद्दा दायर भएकामा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व सांसदहरु इन्द्रजीत राई र आङटावा शेर्पा, सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज कमिटिका अध्यक्ष समशेर मियाँ पनि छन् । उनीहरु सबैमाथि राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दा समेत लगाइएको छ ।

सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरी २८ करोड रुपैयाँको विगो माग समेत गरेको छ । ७ जेठमा नेपाल प्रहरीले सरकारी वकिलको कार्यालयलाई यसबारे प्रतिवेदन बुझाएको थियो । यही आधारमा मुद्दा दायर गरेको हो ।

प्रहरीले १२ चैत्रबाट अनुसन्धान सुरु गरेकोमा ७ जेठमा पूरा गरी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा आज मुद्दा दायर भएको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया