१२ श्रावण २०८१, शनिबार | July 27, 2024

शंकरदेव क्याम्पसका चिफसहित निर्देशक,उपनिर्देशकले दिए राजीनामा


0
Shares

काठमाडौं, १० जेठ । शंकरदेव क्याम्पसका क्याम्पस चिफसहित निर्देशक,उपनिर्देशकले राजीनामा दिएका छन् । नेपालकै पुरानो क्याम्पसका प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन् ।

क्याम्पस प्रमुख केशवराज जोशीले बिहीबार राजीनामा दिएका हुन् । उनले राजीनामा दिएसँगै राजीनामा दिएर जिम्मेवारीबाट भाग्न नपाइने भन्दै विद्यार्थीहरु थप आक्रोसित भएका छन् । उनीहरुले ह्यासट्याग ‘सेभ शंकरदेव क्याम्पस’ चलाइरहेका छन् ।

क्याम्पस प्रमुख तथा संकाय प्रमुखहरूले स्पष्ट कारण नखुलाएको र विद्यार्थी प्रभावित हुने गरी राजीनामा दिन थालेपछि खबरदारी गरेको विद्यार्थीहरु बताउँछन् ।

बीबीएम कार्यक्रम निर्देशक मास्केमाथि स्वबियुले अभद्र व्यवहार गरेको बताइएको छ । तर, यसबारे क्याम्पस प्रशासनले कुनै प्रतिक्रिया दिएको छैन् । बिबिएम संकायले आयोजना गर्न लागेको खेलका लागि २५ लाख रुपैयाँ स्वबियुले मागेको कारण प्रमुखसहितले राजीनामा दिएको हुन सक्ने सोही क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले बताए । स्ववियुको सभापति शुसान्त बस्नेत हुन् ।

स्ववियु सभापतिकोे प्रत्यासी मुना तिवारीले स्ववियु टिमले धम्काएकै कारण क्याम्पस प्रमुखसहित ५ जनाले राजीनामा दिएको बताइन् । ‘क्याम्पस चिफ, सहायक क्याम्पसचिफ लगायत ३ जना डाइरेक्टर सरहरुले पनि राजीनामा दिनुभएको छ, विषयगत शंकायको । ४ जनाको राजीनामा आइसकेपछि अन्तिममा चिफको आएको हो ।’ उनले भनिन्,‘स्ववियु टिमले क्याम्पस चिफलाई धम्कायो भन्ने कुराले राजीनामा दिएको सुनेको छु । स्ववियुले फुटसल गरिरहेको छ त्यो गेमको लागि १८ देखि २५ लाख सम्म क्याम्पसले खर्च मागेपछि चाहिने भन्दा बढी खर्च दिन नसक्ने भनेपछि राजीनामा मागिएको सुनेको छु ।’

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया