३१ भाद्र २०८१, सोमबार | September 17, 2024

उपेन्द्रले वनमन्त्रीमा वीरेन्द्र महतोलाई किन पठाए


0
Shares

काठमाडौं, ९ जेठ । पुष्पकमल दाहाल प्रचण्ड क्याबिनेटले मङ्गलबार पूर्णता पाएको छ । यसका लागि पाँच महिना नै लाग्यो ।

प्रचण्डले उपेन्द्र यादवले नाम पठाएपछि अर्बपतिलाई वनमन्त्री बनाएर क्याबिनेटलाई पूर्णता दिए ।

मङ्गलवार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट मन्त्री र राज्यमन्त्री नियुक्ति भएसँगै पूर्णता पाएको हो ।

प्रधानमन्त्री प्रचण्डको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्र महतोलाई वनमन्त्री र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्री नियुक्त गरेका हुन् ।

वीरेन्द्र महतोले उपचुनावमा उपेन्द्र यादवलाई निकै सघाएका थिए । आफै अर्बपति वीरेन्द्रका लागि झण्डा हल्लाउने सपना मात्र थियो । मन्त्रालय भने उपेन्द्रले नै चलाउने गरी भित्री सहमति बनाइएको बुझिएको छ ।

नयाँ नियुक्तिसँगै प्रचण्डको मन्त्रिपरिषदमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन् । संविधानमा मन्त्रिपरिषद्मा अधिकतम २५ जना रहने व्यवस्था छ ।

प्रचण्ड सरकार गठन भएको ५ महिना पूरा भएको छ । यसबीच मन्त्रिपरिषदमा ११ पटक मन्त्रि नियुक्त तथा हेरफेर भइसकेको छ ।

प्रतिक्रिया