११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सक्षम बनाउने मन्त्रीको उद्घोष


0
Shares

ललितपुर, ८ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउने उद्घोष गरेका छन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित वर्तमान अवस्था र भावी योजनाको सन्दर्भमा छलफल तथा अनुगमनको क्रममा मन्त्री मोदीले यस्तो उद्घोष गरेका हुन् ।

‘स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अहिले कमजोर छ, यसलाई बलियो बनाउनेबाहेक हामीसँग विकल्प छैन’ उनले भने, ‘यो संस्थालाई बलियो बनाउनका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी राख्दैनौँ ।’

मन्त्री मोदीले संस्था बलियो बनाउनका लािग प्रतिष्ठानका कर्मचारीहरुबीच बलियो एकता अनिवार्य शर्त भएको पनि बताए ।

उनले भने, ‘यो संस्थालाई बलियो बनाउनका लागि तपाईहरुबीच बलियो एकता हुन जरुरी छ, तपाईहरुबीच बलियो एकता भए मात्रै यो संस्था समुन्नतीको बाटोमा अघि बढ्छ ।’

प्रतिष्ठानका कर्मचारीहरुले सकारात्मक सोच र दृष्ट्रिकोण राखेर कार्यसम्पादन गर्नुपर्ने उनको भनाई थियो । संस्थाको हित र समुन्नती चाहेर दत्तचित्तका साथ काम गर्न समेत कर्मचारीहरुलाई मन्त्री मोदीले निर्देशन दिए ।

‘व्यक्तिको पद आवधिक कुरा हो, तर संस्था अविछिन्न रहन्छ र रहनुपर्छ, तसर्थ संस्थालाई सदैव जिवित राख्ने दीर्घकालीन सोचका साथ सबैले दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्छ’ मन्त्री मोदीले भने ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव कमल प्रसाद भट्टराईले छलफलमा प्राप्त सुझावका आधारमा मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्दै प्रतिष्ठानको समुन्नतीमा हातेमालो गर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका निर्देशक जय कृष्ण श्रेष्ठले प्रतिष्ठानका वर्तमान अवस्था, समस्या र भावी योजनाका बारेमा आफ्नो प्रस्तुती राखेका थिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक कानुन लाल चौधरीले प्रतिष्ठानको हितका लागि मन्त्रालयबाट हालसम्म प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रतिष्ठानको प्रतिष्ठा उँचो राख्न आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया