११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

सरकारको नीति तथा कार्यक्रम कपडा पसलको डमी जस्तो : भगवती न्यौपाने (भिडियोसहित)


0
Shares

काठमाडौं, ८ जेठ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सरकारको नीति तथा कार्यक्रम कपडा पसलमा राखेको डमी जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

सोमबार आर्थिक वर्ष ०८०/ ८१ को नेपाल सरकारको नीति तथा कार्यक्रमप्रति राष्ट्रियसभाको बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमालेकी नेतृ न्यौपानेले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘सरकारको नीति तथा कार्यक्रम कपडा पसलमा राखेको डमी जस्तै छ,कपडा पसलमा राखेको डमीलाई राम्रो कपडा लगाइएको हुन्छ, सुन्दर पनि देखिन्छ तर त्यो निर्जीव बस्तु हो,जुन बस्तुको प्राण हुँदैन ।’

नेतृ न्यौपानेले राजस्व अहिलेसम्म ७५ प्रतिशत संकलन भैसक्नु पर्नेमा ५४.५७ प्रतिशत मात्र संकलन भएको, पुँजीगत खर्च जम्मा ३४ प्रतिशत भएको, महंगी ८ प्रतिशतले बढेकोमा आपत्तिल जनाउनु भयो । तरलता, व्यापारमा संकुचन रहेको, आर्थिक वृद्धिदर अत्यन्त न्युन रहेको, मुद्रा स्फितिमा समस्या भएको जस्ता सवालहरु उठाउँदै न्यौपानेले यी तथ्यांकलाई सरकारले किन वेवास्ता गर्दैछ भन्ने प्रश्न समेत गर्नुभयो ।

‘निर्यात जम्मा २६ प्रतिशत हुनुलाइ गम्भीर रुपमा लिनुपर्छ । सरकार बस्तु होईन मान्छे निर्यात गर्छ, मस्तिष्क निर्यात गर्छ, श्रम र पाखुरा निर्यात गर्छ ।’–उहाँले भन्नुभयो ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया