१२ श्रावण २०८१, शनिबार | July 27, 2024

खाँणको मोबाइलमा शरणार्थीसँग सम्बन्धित विवरण भेटिएन,अब के होला ?


0
Shares

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलमा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको प्रहरीले जनाएको छ ।

खाँणको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै खाँण पक्राउ परेका थिए ।

खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै माथिल्लो तहको नेक्सससम्म प्रहरी पुग्नसक्ने अनुमान गरिएपनि त्यस्तो डाटा नभेटिएको प्रहरीको भनाइ छ ।

गत २७ वैशाखमा खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी मैजुबहालस्थित निवासबाट पक्राउ परेका थिए । पक्राउलगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो ।

 

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया